अश्वेतको पाउ धोएपछि जर्ज फ्लोयडको भयो अन्तिम संस्कार

काठमाडौं । अफ्रिकी अमेरिकी अश्वेत नागरिक जर्ज फ्लोयडको शवलाई ह्युस्टनको एक चर्चमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको छ ।

उक्त समयमा श्रद्धाञ्जली दिन हजारौँ संख्यामा मानिसहरु सहभागी भएका थिए । करिव पाँच हजार मानिसहरुले जर्जलाई मास्क र ग्ल्वस लगाएर श्रद्धाञ्जली दिएका थिए ।

४६ वर्षीय फ्लोयडको शव अन्तिम संस्कारको लागि शनिवार राती ह्युस्टन लगिएको थियो ।

त्यसपछि सोमवार फाउन्टेन अफ प्रेज चर्चमा शवलाई एक सुनौलो रङको खुल्ला बक्समा राखिएको थियो ।

किनभने सबैले उनलाई श्रद्धाञ्जली दिन सकुन् । जर्ज फ्लोयडको शवलाई ह्युस्टन मेमोरियल गार्डेसमा गाडिएको छ ।

त्यही स्थानमा नै उनकी आमाको लारेन्स फ्लोयडको शव राखिएको थियो । उनको नजिकै जर्जको शव पनि राखिएको छ । जर्ज आफ्नो स्कूलका चर्चित फुटबल खेलाडी थिए ।

अफिसरले अश्वेतको पाउ धोए

तपाईलाई जानकारी होस् की, अमेरिकाको १४० भन्दा धेरै शहरमा नस्लभेदको विरुद्ध भड्किएको हिंसाका बीच नर्थ क्यारोलिनाबाट समानता र एकता प्रकट गर्नको लागि एक मर्माहीत तस्वीर सार्वजनिक भएको छ ।

क्यारोलिनामा प्रदर्शनका लागि गएका अश्वेत मानिस तथा धर्मगुरुको पाउ पुलिस अफिसरले धोएका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?