काठमाडौं । तेल ट्याङ्करमा लुकाएर भारत लैजाँदै गरेको अवस्थामा विभिन्न ब्राण्डका रक्सीहरु बरामद भएका छन् ।
बन्दाबन्दीको मौका पारेर तस्करहरुले ना.२ ख ७३७५ नं.को तेल ट्यांकरमा विभिन्न ब्राण्डका रक्सीहरु राजश्व छली चोरी निकासी गरेर भारत तर्फ लैजाँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्साले विभिन्न ब्राण्डका रक्सी बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साकी प्रमुख एसपी गंगा पन्तले बताइन् ।

राजश्व छलि गर्दै भारत लैजान लगिएको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले आज विहान साँढे ६ बजे जिल्ला पर्सा बीरगञ्ज म.न.पा.वडा नं.१६ रजतजयन्ती चोक सडकमा ना.२ ख ७३७५ नं.को तेल ट्यांकरमा विभिन्न ब्राण्डका विभिन्न परिमाणका रक्सीहरु लुकाई छिपाई भारततर्फ लैजाँदै गरेको अवस्थामा बरामद गरेको हो ।

उक्त ना.२ ख ७३७५ नं.को तेल ट्याङ्कर तथा उक्त ट्याङ्करका चालक जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा.वडा नं.१६ बस्ने लाल बहादुर थिङको छोरा वर्ष ४७ को सन्दिप थिङ र सह चालक ऐ.ऐ.वडा नं.२१ बस्ने पदम बहादुर बुढाथोकीको छोरा वर्ष २२ राधे बुढाथोकी समेतलाई नियन्त्रणमा लिई यस कार्यालयमा ल्याई थप अनुसन्धान थालेको छ ।

- गोल्डेल ओक (क्वाटर): ४८ पिस
- नेपाल आईस बियर ( क्यान): २४ पिस
- सिग्नेचर (क्वाटर): ३३ पिस
8848 भोड्का (क्वाटर): २८ पिस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया