काठमाडौं । वीरगञ्जमा एम्बुलेन्सबाट ५६ किलो लागू औषध गाँजा बरामद भएको छ । बाराको सिमरास्थित अल्पाईन मेडिकल कलेज टिचिङ अस्पतालको ना ४ च ८५९९ नम्बरको एम्बुलेन्सबाट यति धेरै परिणाममा गाँजा बरामद भएको हो ।
अल्पाईन मेडिकल कलेज टिचिङ हस्पिटल सिमरा बाराको एम्बुलेन्स प्रयोग गरी जि.पर्सा बहुदरमाई न.पा.०५ स्थित भौराट्टार गाँउ तर्फ लैजादै गरेको अवस्थामा प्रहरीले ५६ के.जी.लागु औषध गाँजा र ना.४ च ८५९९ नम्बरको एम्बुलेन्स गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।
वीरगञ्ज महानगरपालिका वडा नं. २७ रामपुर टोलमा गाँजा ओसार पसार हुँदैछ भन्ने सूचना पाएपछि त्यहाँ खटिएको प्रहरी अधिकृतसहितको टोलीले बुधवार बिहान करिव पौने ३ बजेतिर गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साकी प्रमुख एसपी गंगा पन्तले बताइन् ।
एम्बलुन्स र गाँजा बुधवार बिहान प्रहरीले सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका १५ बस्ने सन्चार सिंह वाइवाका छोरा अन्दाजी २३ वर्षीय जितबहादुर वाईवा, सोही ठाउँ बस्ने शोभा सिंह वाइवाको छोरा अन्दाजी २२ वर्षीय दिलबहादुर वाईवा र पर्साको बहुदरमाई नगरपालिका ५ भौराटार बस्ने रामइश्वर महतोको छोरा अन्दाजी ३२ वर्षीय हरिशंकर महतो रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया