लकडाउन उलंघन गर्दै चीनका लागि नेपाली राजदूत पाण्डे बधाई थाप्न व्यस्त

काठमाडौं । झण्डै ३ महिनायता देश लकडाउनमा रहेको अवस्थामा चीनका लागि नवनियुक्त राजदूत महेन्द्र बहादुर पाण्डेको व्यस्तता एकाएक बढेको छ । लकडाउनको बेवास्ता गर्दै उनी आफ्नो सम्मान तथा बधाइ दिन आयोजित कार्यक्रममा सहभागि बनको हुन् ।
छ्ट्टिै राजदूतको जिम्मेवारी सम्हाल्न चीन जान तरखरमा रहेका उनलाई बधाइ दिनका लागि धमाधम लकडाउनको उलंघन गर्दै कार्यक्रम राख्न थालिएको छ भने उनी पनि बिना हिच्किचाहट त्यस्ता कार्यक्रममा सहभागी हुने गरेका हुन् ।
यही सातामात्रै उनी दुई वटा कार्यक्रममा सक्रिय भएका छन् । आइतबार नुवाकोट सरोकार मन्चले आयोजना गरेको बधाइ तथा शुभकामना कार्यक्रममा सहभागी भएका उनी मंगलबार पनि नुवाकोट जिल्ला पार्टीको आयोजनामा भएको कार्यक्रममा सहभागी भएका हुन् ।
राजधानीमै भएको दुबै कार्यक्रममा उनलाई बधाइ दिन गृहजिल्ला नुवाकोटका जिल्लास्तरीय नेताकोर भिडभाड लागेकाे र लकडाउनको धज्जी उडाइएको नुवाकोटका एक नेताले बताए ।
कतिपयले लकडाउनको उलंघन भएको भन्दै सामाजिक सञ्जालमार्फत आलोचना समेत गरेका छन् ।
नेकपाका नेता समेत रहेका उनलाई केही अघि सरकारले चीनको राजदूत बनाउने निर्णय गरेको थियो । लकडाउनका कारण यतै रोकिएका उनी केही दिनभित्रै कार्यभार सम्हाल्न चीन उड्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?