कुवेतबाट भोलि ३०० नेपाली आउँदै

काठमाडौं । सरकारले कुवेतमा समस्यामा परेका ३०० नेपालीलाई नेपाल ल्याउने भएकाे छ।
आममाफी पाएर कुवेत सरकारको सेल्टरमा बसेका ३ सय नेपाली लाई बुधवार नेपाल फर्काउन लागिएको छ ।

आममाफीमा सहभागी भएर बसेका उनीहरुलाई कुवेत सरकारले नै दुइ वटा फ्लाइटबाट नेपाल पठाइदिने बताइएको छ ।

कुवेतबाट जजिरा एअरवेजले नेपालीहरुलाई लिएर आउने छ। तर समय भने टुङ्गो लाग्न बाँकी रहेको दूतावासले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?