लकडाउन उलंघन गर्नेमाथि ट्राफिक प्रहरी आक्रामक

काठमाडौँ । नेपाल सरकारले घोषणा गरेको लकडाउनको उल्लङ्घन गरेर सवारीसाधन चलाउने उपर ट्राफिक प्रहरीले थप कडाई गरि कारबाही थालेकाे जनाएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिनमा १५५ स्थान र रातमा ४५ स्थानमा चेकप्वाईन्ट राखी चेकजाँचमा कडाइ गरेको हो ।

आज मात्रै काठमाण्डौ उपत्यकामा लकडाउन उल्लङ्घन गर्ने ३ हजार ६४७ वटा २ पाङ्ग्रे र ४६० वटा ४ पाङ्ग्रे गरी जम्मा ४ हजार १०७ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको जानकारी महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीम प्रसाद ढकालले दिए ।उनले आज विहान ६ बजे देखि वेलुका ७ बजे सम्म उक्त संख्यामा नियन्त्रणमा लिइएकाे पनि बताए ।
उनले काठमाडौँ उपत्यकामा चैत्र ११ गतेदेखि आजसम्म लकडाउन उल्लङ्घन गर्ने ६१,४०६ वटा सवारी साधनहरू नियन्त्रणमा लिइसकेको पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?