किशोरीलाई करणी गरेको आरोपमा ४ जना पक्राउ

१४ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा कैलाली प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा टीकापुर नगरपालिका १ बस्ने सन्दीप ठकुल्ला, दिपक बुढासहित ४ जना रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनीहरुले किशोरीलाई धामधम्की दिएर कैलालीको टिकापुर नगरपालिका १ मा पर्ने रानकुलो किनारमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ ।
उनीहरुको कैलाली जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?