काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले बिना लक्षणका संक्रमितहरुको बारेमा दिएको बयानमाथि आफ्नो स्पष्टिकरण दिएको छ ।
सोमवार मात्र डब्ल्युएचओले एसिम्प्टोम्याटिक केस (लक्षणविहीन) संक्रमितबाट कोरोनाको महामारी फैलिन सक्ने खतरा धेरै कम रहेको बताएको थियो । तर अब २४ घण्टा बित्न नपाउँदै विश्व स्वास्थ्य संगठनले बिनालक्षणका संक्रमितहरुले पनि अन्यमा कोरोना सार्न सक्ने बताएको छ ।
सामान्यरुपमा कोरोना भाइरसको संक्रमण ५ देखि ६ दिनसम्म देखिन्छ । तर कहिले काँही भने १४ दिनसम्म पनि लाग्न सक्छ ।
स्वास्थ्य संगठनले आफ्नो वक्तव्य परिवर्तन गर्दै लक्षणविहीन संक्रमितबाट पनि कोरोना भाइरस अन्यमा सर्ने बताएको हो ।
अमेरिकाको निशानामा विश्व स्वास्थ्य संगठन
कोरोना महामारीलाई लिएर अमेरिका सहित केहि युरोपीयन देशहरुले उसको रोलमाथि प्रश्न चिन्ह खडा गरेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई समयमै वास्तविक र सत्य सूचना नदिएकोमा चीनको प्रभावमा डब्ल्युएचओ काम गरिरहेको बताएका थिए ।
उनले डब्ल्युएचओलाई दिँदै आएको फन्डिङमा पनि पुरा कटौति गरेको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया