काठमाडौं । नेपालमा हालसम्म ४ हजार ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आजै मात्र थप ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपालमा हालसम्म १ लाख ६ हजार ३ सय ३१ वटा पीसीआर परीक्षणहरु भएका छन् । त्यस्तै बितेको २४ घण्टामा मात्र ५ हजार ३ सय ५३ वटा पीसीआर बिधिबाट कोरोना परीक्षण भएका छन् । भने हालसम्म १ लाख ६६ हजार १ सय ५८ वटा आरडिटी परीक्षणहरु भएका छन् भने बितेको २४ घण्टामा मात्र ९ हजार १ सय ६७ वटा आरडिटी परीक्षणहरु भएका छन् ।
त्यस्तै नेपालमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ । त्यससँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या १५ पुगेको छ ।
चितवन भरतपुर अस्पतालमा एकजना पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले चितवन भरतपुर ११ का एकजना पुरुषको मृत्यु भएको बताए । सोमबार साँझ मात्रै कोरोना पोजेटिभ पुष्टि भएका उनमा ज्वरो, निमोनिया, सुगर र उच्चरत्तचापको समस्या रहेको प्रवक्ता गौतमले बताए । यसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १५ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ३ सय २३ जना नयाँ संक्रमित थपिएका छन् । प्रवक्ता गौतमका अनुसार २ सय ९२ जना पुरुष र ३१ जना महिलामा पीसीआर परीक्षण गर्दा कोभिड–१९ पोजेटिभ देखिएको हो । यससँगै नेपालमा हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४ हजार ८५ पुगेको छ । जसमध्ये ३ हजार ७ सय ९८ पुरुष र २ सय ८७ पहिला रहेका छन् ।
यस्तै अहिलेसम्म १ लाख ६ हजार ३ सय ३१ पीसीआर परीक्षण भएको छ । यस्तै १ लाख ६६ हजार १ सय ५८ आरडीटि परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा ५ हजार ३ य ५३ पीसीआर परीक्षण भएको छ भने ९ हजार १ सय ६७ आरडिटी परीक्षण भएको छ ।
प्रवक्ता गौतमका अनुसार देशभर १ लाख ६५ हजार ७ सय ७५ जना व्यक्तिहरु क्वारेन्टाइनमा रहेका छन् । यस्तै आइसोलेसनमा रहेका संक्रमितहरुको सख्या ३ हजार ४ सय ८७ रहेको छ । हालसम्म डिस्चार्ज हुनेको संख्या ५ सय ८४ पुगेको छ । जसमध्ये ५ सय ७ जना पुरुष छन भने ७७ जना महिला रहेका छन् । पछिल्लो २४ घण्टामा संक्रमण निको भई घर जानेको संख्या ९६ रहेको छ । उनीहरु मध्ये ८८ जना पुरुष र ८ जना महिला रहेका छन् ।
संक्रमित जिल्लाहरुको संख्या ७२ पुगेको छ । आज इलाम जिल्लामा पनि पहिलोपटक संक्रमण फेला परेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया