काठमाडौं । न्यूजिल्याण्डमा कोरोना संक्रमणलाई लिएर भएको लकडाउन पूर्णरुपमा हटाइएको छ ।
सोमवार अन्तिम संक्रमित निको भएसँगै १२ बजेबाट लकडाउन हटाइएको हो ।
अधिकारीहरुका अनुसार पछिल्लो १७ दिन यता कुनै पनि नयाँ केस नदेखिएपछि लकडाउन हटाइएको हो । तर पनि सरकारले आधिकारीक रुपमा न्युजील्याण्डलाई कोरोना मुक्त घोषित गरेको छैन ।
यसैबीच त्यहाँ १ हजार ५०४ जनालाई संक्रमण भएको छ भने २२ जनाको मृत्यु भएको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया