कोरोना आशंका गरिएकी मृतक सुत्केरी महिलाको पीसीआर रिपोर्ट नेगेटिभ

काठमाडौं । भक्तपुरमा अस्पतालमा मृत्यु भएकी सुत्केरी महिलाको पीसिआर रिपोर्ट नेगेटिभ आएको छ ।

आइतवार राति अस्पतालमा बच्चा जन्माएको केही केही समयमा नै ती महिलाको मृत्यु भएको थियो ।

सिन्धुपाल्चोक लिसङखुपाखर गाउँपालिका स्थायी घर भएकी ती हाल चाँगुनारायण नगरपालिका– २, पुरानो झौखेल बस्दै आएकी थिइन् ।

उनमा कोरोना संक्रमणको आशंका गर्दै स्वाब संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । साथै मंगलबार रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?