कोरोना अपडेट : विश्वमा महामारीको पछिल्लो स्थिती, कुन देशमा कस्तो ? (विवरणसहित)

काठमाडौं । स्वास्थ्य क्षेत्रमा विश्वका लागि ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण विश्वमा यो समाचार तयार पार्दासम्म ४ लाख ८ हजार ६२८ जनाको मृत्यु भईसकेको छ भने ७१ लाख ९३ हजार ९८८ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ३५ लाख ३५ हजार ४९१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५३ हजार ७९७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

विश्वका २१३ वटा देशहरुमा आफ्नो प्रकोप फैलाईसकेको कोरोना भाइरसको महामारीका कारण अमेरिकामा १ लाख १३ हजार ५५ जनाको मृत्यु भईसकेको छ भने २० लाख २६ हजार ४९३ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ७ लाख ७३ हजार ४८० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १६ हजार ९०७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ब्राजिलमा अहिलेसम्म ७ लाख १० हजार ८८७ जनालाई संक्रमण भएको छ भने ३७ हजार ३१२ जनाको मृत्यु भएको छ ।

त्यस्तै ब्राजिलमा ३ लाख २५ हजार ६०२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै रुसमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ५ हजार ९७१ जनाको मृत्यु भईसकेको छ भने ४ लाख ७६ हजार ६५८ जनालाई संक्रमण भएको छ ।

त्यहाँ २ लाख ३० हजार ६८८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै स्पेनमा कोरोना भाइरसको महामारीका कारण २७ हजार १३६ जनाको मृत्यु भईसकेको छ भने २ लाख ८८ हजार ७९७ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ६१७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै बेलायतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४० हजार ५९७ जनाको मृत्यु भईसकेको छ भने २ लाख ८७ हजार ३९९ जनालाई संक्रमण भएको छ । त्यहाँ ५१६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३३ हजार ९६४ जनाको मृत्यु भईसकेको छ भने २ लाख ३५ हजार २७८ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ६६ हजार ५८४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २८३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै फ्रान्समा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २९ हजार २०९ जनाको मृत्यु भईसकेको छ भने १ लाख ५४ हजार १८८ जनालाई संक्रमण भएको छ । त्यहाँ ७१ हजार ६२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार २४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै जर्मनीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८ हजार ७८३ जनाको मृत्यु भएको छ भने १ लाख ८६ हजार २०५ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ६९ हजार ६०० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५४० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै छिमेकी देश भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ७ हजार ४७३ जनाको मृत्यु भईसकेको छ भने २ लाख ६५ हजार ९२८ जनालाई संक्रमण भएको छ ।

भारतमा १ लाख २९ हजार ९५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै वर्ल्डोमिटरले जनाए अनुसार टर्कीमा कोरोना भाइरसको महामारीबाट ४ हजार ७११ जनाको मृत्यु भईसकेको छ भने १ लाख ७१ हजार १२१ जनालाई संक्रमण भएको छ । त्यस्तै त्यहाँ १ लाख ४१ हजार ३८० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ६२५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै पेरुमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ५ हजार ५७१ जनाको मृत्यु भईसकेको छ भने १ लाख ९९ हजार ६९६ जनालाई संक्रमण भएको छ । त्यहाँ ८९ हजार ५५६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार ६२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ईरानमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८ हजार ३५१ जनाको मृत्यु भईसकेको छ भने १ लाख ७३ हजार ८३२ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ३६ हजार ३६० जना स्वस्थ्योपचार पछि निको भएका छन् भने २ हजार ६१९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै क्यानडामा ७ हजार ८३५ जनाको मृत्यु भईसकेको छ भने ९६ हजार २४४ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ५४ हजार ८३३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार ८२८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै मेक्सिकोमा कोरोना भाइरसको महामारीका काराण अहिलेसम्म १४ हजार ५३ जनाको मृत्यु भईसकेको छ भने १ लाख २० हजार १०२ जनालाई संक्रमण भएको छ ।

त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै ३५४ जनाको मृत्यु भईसकेको छ भने २ हजार ९९९ जना नयाँ संक्रमित थपिएका छन् ।

मेक्सिकोमा ८७ हजार ६३३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै चीनमा ४ हजार ६३४ जनाको मृत्यु भएको छ भने ८३ हजार ४० जनालाई संक्रमण भएको छ । त्यहाँ ७८ हजार ३४१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै पाकिस्तानमा अहिलेसम्म २ हजार ६७ जनाको मृत्यु भईसकेको छ भने १ लाख ३ हजार ६७१ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ३४ हजार ३५५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १११ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै बेल्जियममा अहिलेसम्म ९ हजार ६०६ जनाको मृत्यु भईसकेको छ भने ५९ हजार ३४८ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १६ हजार ३१५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ११६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै नेदरल्याण्ड्समा अहिलेसम्म ६ हजार १६ जनाको मृत्यु भएको छ भने ४७ हजार ७३९ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ९७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

पछिल्लो २४ घण्टायता विश्वमा ३८८ जनाको मृत्यु भएको छ भने ४ हजार १२० जना नयाँ संक्रमित थपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?