मध्यरातमा रुपन्देहीमा ५ जनाको हत्या

काठमाडौं । रुपन्देहीमा ५ जनाको विभत्स हत्या भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१० मैनहवा गाउँमा गएराति ५ जनाको ज्यान जाने गरी सो विभत्स हत्याको घटना भएको हो ।

घटनास्थलमै चार जनाको मृत्यु भएको थियो भने एकजनाको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी खड्क बहादुर खत्रीले हत्याको आशंकामा एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?