मेक्सिकोमा शक्तिशाली भूकम्प, २ जनाको मृत्यु, क्षतिको विवरण आउन बाँकी

मेक्सिको सिटी, ५ फागुन । दक्षिणी मेक्सिकोमा गएको शक्तिशाली भूकम्पमा परी २ जनाको मृत्यु भएको छ ७.२ रेक्टरस्केलको शक्तिशाली भूकम्पबाट झण्डै ३ सय किलोमिटर टाढा मेक्सिको सिटीमा रहेका भवनहरू समेत हल्लाएको थियो । भूकम्पपछि क्षति पुगेका क्षेत्रमा उद्दारको कार्य सुरु गरिएको छ टेलिभिजनहरुले मानिसहरु घर बाहिर खुला स्थानमा निस्किएर बसेको देखाएका छन् । भूकम्पको धक्का महसुस भएपछि मेक्सिको सिटीका मानिसहरु समेत सडकमा निस्किएका थिए उनीहरू एक अर्कालाई अंकमाल गर्दै रोएको र अंगालो हालेर बसेको तथा कतिपय अन्योलग्रस्त अवस्थामा रहेको देखिएको छ । गत सेप्टेम्बरमा पनि मेक्सिकोमा गएको शक्तिशाली भूकम्पमा परी चारसयभन्दा बढीको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?