चितवन । चितवनमा थप ७ जना कोरोना संक्रमित थपिएका छन् । भरतपुर अस्पतालमा गरिएको परीक्षणका क्रममा १ जना महिला तथा ६ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
कोरोना संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिका वडा नं २८ का १७ र ३५ वर्षीय पुरुष, वडा नं २० का २३ वर्षीय पुरुष, वडा नं २७ का १९ वर्षीया युवती र ३५ वर्षीय पुरुष, वडा नं १९ को १९ वर्षीय पुरुष र वडा नं ११ का २३ वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ ।
यसअघि आज मात्र त्यहाँ गरिएको परीक्षणका क्रममा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
नेपालमा आज(सोमवार) मात्र थप ३ सय १४ जनामा कोरोना संक्रमण देखिएको छ । त्यससँगै कुल संक्रमितको संख्या ३ हजार ७ सय ६२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म ४ सय ८८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने १४ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया