एलपी पौडेल / सुर्खेत । कालिकोटको नरहरिनाथ गाउँपालिकाको सभाहलमै कर्मचारीहरू तास खेलेको पाइएको छ ।
सोमवार कार्यालय समयमै गाउँपालिका र विभिन्न वडामा कार्यरत कर्मचारी जुवातासमा ब्यस्त भएको स्थानीय युवाले लोकपथलाई जानकारी दिए ।
“गाउँपालिकाको वडा नं. १ का वडा सचीव हरिप्रसाद उपाध्याय, वडा न २ का वडा सचीव लोकेन्द्र बुढा , लगायत गाउँपालिकाका कर्मचारीहरु, नेपाली कांग्रेस जिल्ला कमिटी का प्रबक्ता नगेन्द्र बिष्ट लगायत अन्य स्थानियको समेत जमघटमा तास खेल गाउँपालिकाको सभाहलमा चलिरहेको थियो ।” नाम नखुलाउने सर्तमा लोकपथसंग उनले भने ।
यस विषयमा गाउँपालिकाका उपाध्यक्ष मनशोभा बुढाले कर्मचारीहरू आफु घर आउँदा कार्यालयमै रहेको र तास खेलेकोबारे आफुलाई थाहा नभएको बताइन् । तर उनले कार्यालय समय बाहेक अरू समयमा खेलेको हुनसक्ने चाहिँ स्विकार गरिन् । “कर्मचारीहरू अफिसमै हुनुहुन्थ्यो । अफिस बन्द भएपछि मनोरञ्जनका लागि तास खेल्नुभएको होला । मलाई थाहा भएन ।” उनले भनिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया