चीन-भारत सीमा विवाद : के हुँदैछ लद्दाखमा ? (भिडियोसहित)

काठमाडौं । पछिल्लो महिना दिन यता पूर्वी लद्दाखमा चीन भारत सीमा विवाद चुलिँदै गईरहेको छ । चीन र भारतले सीमावर्ती क्षेत्रमा शक्ति प्रदर्शन गरिरहेका छन् ।

उनीहरुबीचको सीमा विवाद झनै चर्किँदै गईरहेको छ । यसैबीच उनीहरुले गरेको शक्ति प्रदर्शनका भिडियो तथा फोटोहरु अहिले सामाजिक सञ्जालमा भाइरल बन्दै गईरहेका छन् ।

यसैबीच चिनियाँ सेनालाई भारतीय सेनाले जवाफ फर्काएको भन्दै भारतीय सेनाले गरिरहेको युद्धाभ्यासको भिडियो बाहिरिहएको छ ।

त्यहाँ भारतीय सेनाहरु युद्धाभ्यास गरिरहेको देख्न सकिन्छ । केन्द्रीय गृह राज्यमन्त्री जी किशन रेड्डीले आफ्नो ट्वीटर अकाउण्टमा यो भिडियो शेयर गरेका छन् ।

साथै उनले क्याप्सनमा प्रेरणादायिक तथा श्वास रोक्नेवाला भिडियो भनेर लेखेका छन् ।

सीमा विवादको बारेमा चिनियाँ सैनिक र भारतीय सैनिकबीचमा केहि दिन अगाडि मात्र छलफल भएको थियो । तर पनि दुबै देशहरुबीचमा सीमा विवादको विषयलाई लिएर स्थिती जटिल बन्दै गईरहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?