भरतपुर अस्पतालमा गरिएको परीक्षणमा २३ जनाको कोरोना पोजेटिभ

काठमाडौं । भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणको क्रममा २३ जनामा कोरोना पुष्टि भएको छ ।

कोरोना पुष्टि हुनेमा ८ जना महिला तथा बाँकी १५ जना पुरुष रहेका छन् ।

उनीहरुमध्ये २ जना स्वास्थकर्मी रहेको बुझिएको छ ।

त्यस्तै नेपालमा सोमवार थप ३ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यससँगै कुल संक्रमितको संख्या ३ हजार ७ सय ६२ पुगेको छ । हालसम्म नेपालमा कोरोनाको कारण १४ जनाको ज्यान गएको र ४ सय ८८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?