काठमाडौं । अमेरिकामा अश्वेत नागरिक जर्ज फ्लोयडलाई पुलिस अधिकारीले हिरासतमा घाँटी थिचेर हत्या गरेपछि भड्कीएको आन्दोलनको आगो बेलायतसम्म पुगेको छ ।
स्कटल्याण्ड यार्डमा सयौँ प्रदर्शनकारीहरु सडकमा उत्रिएका छन् । आईतवार भएको प्रदर्शनमा अवस्था हिंस्रक बन्दै गएको स्पष्ट देखिएको छ ।
यस आन्दोलनमा १४ मेट्रोपोलिटिन पुलिस अधिकारी घाईते भएका छन् । प्रशासनले प्रदर्शनकारीलाई संयम बन्न अपील गरिरहेको छ ।
ब्रिस्टलमा प्रदर्शनकारीहरुले प्रसिद्ध व्यापारी एडवर्ड कोलस्टनको एक मूर्तीलाई प्लेटफर्मबाटै उखेलेर फालेका छन् ।
साथै उक्त समयमा एक प्रदर्शनकारीले उक्त मूर्तीको घाँटीमा घुँडाले टेकेर विारोध जनाएका थिए ।
उनले जर्ज फ्लोयडको साथमा जसरी टेकीएको थियो त्यसैगरी टेकेर विरोध जनाउँदै मूर्ती बन्दरगाहमा फालिदिएका थिए ।

२५ मेमा अमेरिकाको मिनियापोलिस पुलिस हिरासतमा जर्ज फेलोयड नामका एक अश्वेत नागरिकको घाँटी थिचेर पुलिस अधिकारीले हत्या गरेका थिए ।
घाँटी थिचेको ८ मिनेट ४६ सेकेण्डसम्म जीवनको भीख मागेका ४६ वर्षीय फ्लोयडको मृत्यु भएको थियो ।
त्यसपछि अमेरिकामा प्रदर्शन शुरु भएको थियो । बेलायतमा लकडाउनको उल्लंघन गर्दै हजारौँको संख्या प्रदर्शनकारीले जर्ज फ्लोयडलाई न्याय दिलाउन माग गरेका थिए ।
आन्दोलनमा ढुंगामुढा प्रहारबाट १४ पुलिस अधिकारी घाइते भएका छन् ।
लण्डन, ब्रिस्टल, म्यानचेस्टर,वोल्वरह्याम्प्टन, नोटिन्घम, ग्लासगो र एडिनवर्ग सहित बेलायतका पूरा शहरमा प्रदर्शन भएको छ ।
साथै त्यहाँस्थित अमेरिकी दूतावास बाहिर विशेष प्रदर्शन भएको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया