डोनाल्ड ट्रम्पको पोस्टलाई लिएर वैज्ञानिक असन्तुष्ट, फेसबुकका सिईओलाई लेखे यस्तो पत्र

काठमाडौं । फेसबुकका सिईओ मार्क जुकरवर्गको तर्फबाट सहायता प्राप्त वैज्ञानिकहरुले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको भ्रामक बयान रोक्न सल्लाह दिएका छन् ।

उनीहरुले यस्तो बयानले जनताको बीचमा भ्रम पैदा गर्ने भन्दै ट्रम्पमाथि आफू असन्तुष्ट रहेको बताए ।

अमेरिकाको एक अग्रिणी शोध संस्थानका १४० प्रोफेसर समेत अन्य शोधकर्ताहरुले फेसबुकका सिईओलाई शनिवार एक पत्र लेख्दै भने, ‘ट्रम्पले भ्रम फैलाउने जानकारी र जनता भड्काउने भाषाको प्रयोग गरेका छन्, यसमा रोक लगाउन आवश्यक छ, किनभने यसले आम मानिसमा नोक्शान हुन्छ ।’

चिठीमा हार्वड मेडिकल स्कूलका प्रोफेसर डोबोरा मार्क्सले भनेका छन् कि, शोधकर्ताहरु यसै कारणले विरोधमा उत्रिएका छन् ।

उनले सहि र सटिक जानकारी मात्र फेसबुकले राख्न मिल्ने बनाउनु पर्ने बताएका छन् ।

उक्त पत्रमा १४० भन्दा धेरै शोधकर्ताहरुले हस्ताक्षर गरेका छन् । जुकरवर्गले ट्रम्पको त्यस्तो कुरा पनि बिना कुनै अपत्ति राखेकोमा धेरै शोधकर्ताहरुले निन्दा गरेका छन् ।

ट्रम्पले उक्त पोस्टमा लेखेका थिए, जब लुट शुरु हुन्छ तब गोलाबारी शुरु हुन्छ । उक्त पोस्ट मिनियेपोलिसमा प्रदर्शनको पृष्ठभूमीका बेला गरिएको थियो ।

वैज्ञानिकहरुले उक्त पोस्टलाई नागरिक भड्काउने संज्ञा दिएका छन् ।

फेसबुक अगाडि ट्वीटरले पनि दुई स्ट्याटसमा अपत्ति जनाउँदै हाइड गरिदिएको थियो साथै एक भिडियो पनि हटाइदिएको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?