काठमाडौं । कोरोना भाइरसको महामारी अपहले सारा व्श्विमा नै व्याप्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा ४ लाख ६ हजार १९२ जनाको मृत्यु भईसकेको छ भने ७० लाख ९१ हजार ६३४ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ३४ लाख ६१ हजार ६१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५३ हजार ७५३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच अमेरिकामा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १ लाख १२ हजार ४६९ जनाको मृत्यु भईसकेको छ भने २० लाख ७ हजार ४४९ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ७ लाख ६१ हजार ७०८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १६ हजार ९२३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
अमेरिकाको न्यूयोर्कमा अहिलेसम्म ३० हजार ४४२ जनाको महामारीका कारण मृत्यु भएको छ भने ३ लाख ९८ हजार ८२८ जनालाई संक्रमण भएको छ ।
त्यस्तै न्यूजर्सीमा १ लाख ६६ हजार ६ जनालाई संक्रमण भएको छ भने १२ हजार २१६ जनाको मृत्यु भईसकेको छ ।
त्यस्तै अमेरिकामा आईतवार १८ हजार ९०५ जना संक्रमित थपिएका छन् भने ३७३ जनाको मृत्यु भएको छ ।
अमेरिकामा २७ मार्च देखि यता कोरोनाबाट मृत्यु हुनेमा पहिलो पटक यति धेरै कमी आएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया