काठमाडौं । कोरोना भाइरसको महामारी अपहले सारा विश्वमा नै व्याप्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा ४ लाख ६ हजार १९२ जनाको मृत्यु भईसकेको छ भने ७० लाख ९१ हजार ६३४ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ३४ लाख ६१ हजार ६१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५३ हजार ७५३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच ब्राजिलमा पछिल्लो २४ घण्टामा ८१३ जनाको मृत्यु भएको छ । अहिलेसम्म त्यहाँ ३७ हजार ३१२ जनाको मृत्यु भईसकेको छ भने ६ लाख ९१ हजार ९६२ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ३ लाख २ हजार ८४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
ब्राजिलमा आईतवार १८ हजार ३७५ जना नयाँ संक्रमित थपिएका थिए भने ५४२ जनाको मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया