नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्याङ्जाका कोरोना संक्रमित एक वृद्धको उपचारको क्रममा मृत्यु भएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन वार्डमा उपचाररत स्याङ्जाका कोरोना संक्रमितको मृत्यु भएको हो ।
संक्रमित पुरुषमा आइतबार मात्रै कोरोना पुष्टि भएको थियो । स्याङ्जाको वालिङ नगरपालिका स्थायी ठेगाना भएका ६० वर्षीय पुरुषको मृत्यु भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया