भारतमा मृत्यु भएर नेपाल ल्याइएको शव, नमुना परीक्षण गर्दा कोरोना पुष्टि

काठमाडौं । भारतमा मृत्यु भएका दाङका एक व्यक्तिमा कोरोना भाइरस पुष्टि भएको जिल्ला छ। उनमा आइतबार कोरोना संक्तमण पुष्टि भएको हो।

घोराही उपमहानगरपालिका वडा नं १८ अम्वापुरका अन्दाजी ४० वर्षीय व्यक्तिको मृत्युपछि आइतवार दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर विधिवाट गरिएको स्वाब परीक्षणमा रिपोर्ट पोजेटिभ आएको हो।

दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले उनको मृत्यु ३ दिन अगाडि दिल्लीमा भएको र अन्तिम संस्कारका लागि दाङ ल्याइएको भएपनि आशंका लागेर स्वाब परीक्षण गरिएको बताए।

मृतकको शव आइतवार विहान ६ बजेतिर घोराही ल्याइए पनि रिपोर्ट नआएकाले गाडीसहित कटुवा खोलामा पार्किङ गरेर राखिएको थियो। स्वाबको परीक्षण रिपोर्ट आएपछि मात्रै शव व्यवस्थापनको लागि नेपाली सेनाले तयारी थालेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?