अमेरिकामा कोरोनाको कारण १ लाख १२ हजार बढीको ज्यान गयो

काठमाडौं । संयुक्त राज्य अमेरिकामा सबैभन्दा बढी कोरोना भाइरस (कोभिड १९) को असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १ लाख १२ हजार २ सय ५० पुगेको छ । बितेको २४ घण्टामा थप ८ हजार २५ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमित १९ लाख ९६ हजार ५ सय ६९ जनामा संक्रमण देखिएको छ ।

हालसम्म ७ लाख ५२ हजार ९ सय २१ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १७ हजार १६ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र अमेरिकामा कोरोनाको कारण १ सय ९ जनाले ज्यान गुमाएका छन् ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड १९) को कारण हालसम्म विश्वभर ४ लाख ३ हजार ४ सयको ज्यान गएको छ । यो समाचार तयार पार्दासम्म ७० लाख ३८ हजार ९ सय ३४ जनामा कोरोना संक्रमण देखिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै हालसम्म ३४ लाख ४२ हजार ४ सय ७५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमित मध्ये ५३ हजार ७ सय २८ जनाको अवस्था गम्भीर रहेको तथ्यांकले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?