काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड १९) को कारण हालसम्म विश्वभर ४ लाख ३ हजार ४ सयको ज्यान गएको छ । यो समाचार तयार पार्दासम्म ७० लाख ३८ हजार ९ सय ३४ जनामा कोरोना संक्रमण देखिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै हालसम्म ३४ लाख ४२ हजार ४ सय ७५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमित मध्ये ५३ हजार ७ सय २८ जनाको अवस्था गम्भीर रहेको तथ्यांकले देखाएको छ ।
संयुक्त राज्य अमेरिकामा सबैभन्दा बढी कोरोना भाइरस (कोभिड १९) को असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १ लाख १२ हजार २ सय ५० पुगेको छ । बितेको २४ घण्टामा थप ८ हजार २५ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमित १९ लाख ९६ हजार ५ सय ६९ जनामा संक्रमण देखिएको छ । हालसम्म ७ लाख ५२ हजार ९ सय २१ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १७ हजार १६ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र अमेरिकामा कोरोनाको कारण १ सय ९ जनाले ज्यान गुमाएका छन् ।
त्यस्तै ब्राजिलमा हालसम्म कोरोनाको कारण ३६ हजार ७८ जनाको ज्यान गएको छ । यो समाचार तयार पार्दासम्म ६ लाख ७८ हजार ३ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने बितेको २४ घण्टामा मात्र ४ हजार ७ सय ७३ जनामा कोरोना संक्रमण देखिएको र १ सय २१ जनाको कोरोनाको कारण ज्यान गुमाएका छन् । हालसम्म ३ लाख २ हजार ८२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको तथ्यांकले देखाएको छ ।
रसियामा बितेको २४ घण्टामा ८ हजार ९ सय ८४ जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म ५ हजार ८ सय ८४ जनाको कोरोनाको कारण ज्यान गएको रसियामा ४ लाख ६७ हजार ६ सय ७३ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै हालसम्म २ लाख २६ हजार ७ सय ३१ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये २ हजार ३ सयको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै स्पेनमा हालसम्म कोरोनाको कारण २७ हजार १ सय ३६ जनाले ज्यान गुमाएका छन् । यो समाचार तयार पार्दासम्म २ लाख ८८ हजार ६ सय ३० जनामा कोरोना संक्रमण देखिएको छ । बितेको २४ घण्टामा २ सय ४० कोरोना संक्रमित थपिएको र १ जनाको ज्यान गएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । भने संक्रमित मध्ये ६ सय १७ जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै बेलायतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ४० हजार ५ सय ४२ पुगेको छ । यो समाचार तयार पार्दासम्म २ लाख ८६ हजार १ सय ९४ जनामा कोरोना संक्रमण देखिएको अवस्थामा १ हजार ३ सय २६ नयाँ कोरोना संक्रमित थपिएका छन् । त्यस्तै बितेको २४ घण्टामा ७७ जनाको ज्यान गएको छ भने संक्रमित मध्ये ६ सय ४ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ७ हजार १ सय ८७ जनाको ज्यान गएको छ । यो समाचार तयार पार्दासम्म २ लाख ५६ हजार ७ सय ३६ जनामा कोरोना संक्रमण देखिएको अवस्थामा बितेको २४ घण्टामा मात्र १० हजार बढीमा कोरोना संक्रमण देखिएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र २ सय ४१ जनाले ज्यान गुमाएका छन् भने १ लाख २३ हजार ५ सय ६५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । वल्डोमिटरको तथ्यांक अनुसार हालसम्म संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै इटालीमा हालसम्म कोरोनाको कारण ३३ हजार ८ सय ९८ जनाको ज्यान गएको छ । यो समाचार तयार पार्दासम्म २ लाख ३४ हजार ९ सय ९८ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र १ सय ९७ जनामा कोरोना संक्रमण देखिएको र ५३ जनाको कोरोनाको कारण मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया