जसले आइसोलेसनबाटै समाचार लेखे

जीतपुर । कपिलवस्तु जिल्लाका दुई सञ्चारकर्मी कोरोनालाई जितेर आज घर फर्किएका छन् ।

यही जेठ ९ गते कोरोना पोजेटिभ देखिएपछि तिनलाई जिल्लाको मधेस मानवअधिकार गृह(माहुरीहोम) मा निर्मित आइसोलेसनमा राखिएको थियो । सत्र दिनदेखि आइसोलेसनमा रहेका सञ्चारकर्मी आज कोरोना भाइरसलाई पराजित गर्दै घर फर्केका हुन् ।

दुवै जनामा गरिएको पछिल्लो कोरोना परीक्षणमा नेगेटिभ रिपार्ट देखिएपछि उनीहरुलाई आज साँझ आइसोलेसन सेन्टरबाट डिस्चार्ज गरिएको हो । दुवै जनालाई पुष्पगुच्छासहित बिदाइ गरिएको थियो । दृढ आत्मविश्वास र उच्चमनोबलका साथ आफूहरुले कोरोना जित्न सफल भएको दुई सञ्चारकर्मीको भनाइ छ ।

कोरोनाभन्दा खतरा समाज रहेको अनुभव सुनाउँदै उनीहरुले अनावश्यक भ्रमको पछि नलाग्न अनुरोध गरेको छन् । आइसोलेसनमा नियमित स्वास्थ्योपचार, योगाभ्यास र नृत्यका साथ तिनले नियमित समाचार सम्प्रेषण पनि गर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?