काठमाडौं । कोरोना भाइरसको महामरीसँग अहिले सारा विश्व लडिरहेको छ । रुसमा पनि कोरोना कोरोना भाइरसको महामारीले ग्रस्त बनाएको छ ।
यसैबीच साईबेरीयोको एक पावर प्लान्टमा स्टोरेज गरिएको २० हजार टन डीजल लीक भएर अम्बरनाया नदीमा मिसिएको बताइएको छ ।

डीजल नदीमा मिसिएपछि नदीको रङ सेतोको ठाउँमा रातो भएको छ ।
यस भयावह अवस्थााई देखेर रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले एटेट इमर्जेन्सी घोषण गरेका छन् । तेल शुक्रवार लिक भएको थियो ।
एक अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार नदी सफा गर्न प्रयाश भईरहेको छ ।
State of emergency in Norilsk after 20,000 tons of diesel leaks into Arctic river system. Fear that thawing permafrost caused damage to storage tank https://t.co/EYvzar8jUQ pic.twitter.com/oN4pOtLZy0
— The Siberian Times (@siberian_times) June 2, 2020
यो पुरा सफा गर्नको लागि लगभग १.१६ बिलियन यूरो खर्च हुन सक्ने अनुमान गरिएको छ ।
यसैबीच रुसमा कोरोना भाइरसको महामारका कारण अहिलेसम्म ५ हजार ८५९ जनाको मृत्यु भईसकेको छ भने ४ लाख ६७ हजार ६७३ जनालाई संक्रमण भएको छ । त्यहाँ पछिल्लो २४ घण्टामा १३४ जनाको मृत्यु भईसकेको छ भने ८ हजार ९८४ जना नयाँ संक्रमित थपिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया