काठमाडौं । स्वास्थ्य क्षेत्रमा विश्वका लागि ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण विश्वमा यो समाचार तयार पार्दासम्म ४ लाख २ हजार १७०जनाको मृत्यु भईसकेको छ भने ६९ लाख ७६ हजार ४५ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ३४ लाख ११ हजार ७८८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५३ हजार ५८६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
विश्वका २१३ वटा देशहरुमा आफ्नो प्रकोप फैलाईसकेको कोरोना भाइरसको महामारीका कारण अमेरिकामा १ लाख १२ हजार ९६ जनाको मृत्यु भईसकेको छ भने १९ लाख ८८ हजार ५४४ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ७ लाख ५१ हजार ८९४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १७ हजार २१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै ब्राजिलमा अहिलेसम्म ६ लाख ७६ हजार ४९४ जनालाई संक्रमण भएको छ भने ३६ हजार ४४ जनाको मृत्यु भएको छ ।
त्यस्तै ब्राजिलमा ३ लाख २ हजार ८४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २ हजार ९०७ जना नयाँ संक्रमित थपिएका छन् भने ८७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै रुसमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ५ हजार ७२५ जनाको मृत्यु भईसकेको छ भने ४ लाख ५८ हजार ६८९ जनालाई संक्रमण भएको छ ।
त्यहाँ २ लाख २१ हजार ३८८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै स्पेनमा कोरोना भाइरसको महामारीका कारण २७ हजार १३५ जनाको मृत्यु भईसकेको छ भने २ लाख ८८ हजार ३९० जनालाई संक्रमण भएको छ ।
त्यहाँ ६१७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै बेलायतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४० हजार ४६५ जनाको मृत्यु भईसकेको छ भने २ लाख ८४ हजार ८६८ जनालाई संक्रमण भएको छ । त्यहाँ ६०४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३३ हजार ८४६ जनाको मृत्यु भईसकेको छ भने २ लाख ३४ हजार ८०१ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ लाख ६५ हजार ७८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २९३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै फ्रान्समा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २९ हजार १४२ जनाको मृत्यु भईसकेको छ भने १ लाख ५३ हजार ६३४ जनालाई संक्रमण भएको छ । त्यहाँ ७० हजार ८०६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार ५९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै जर्मनीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८ हजार ७६९ जनाको मृत्यु भएको छ भने १ लाख ८५ हजार ६९६ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ लाख ६८ हजार ९०० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५७६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै छिमेकी देश भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ६ हजार ९४६ जनाको मृत्यु भईसकेको छ भने २ लाख ४६ हजार ६२२ जनालाई संक्रमण भएको छ ।
भारतमा १ लाख १८ हजार ६९५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै वर्ल्डोमिटरले जनाए अनुसार टर्कीमा कोरोना भाइरसको महामारीबाट ४ हजार ६६९ जनाको मृत्यु भईसकेको छ भने १ लाख ६९ हजार २१८ जनालाई संक्रमण भएको छ । त्यस्तै त्यहाँ १ लाख ३५ हजार ३२२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५९१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै पेरुमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ५ हजार ३०१ जनाको मृत्यु भईसकेको छ भने १ लाख ९१ हजार ७५८ जनालाई संक्रमण भएको छ । त्यहाँ ८२ हजार ७३१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार ६२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै ईरानमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८ हजार २०९ जनाको मृत्यु भईसकेको छ भने १ लाख ६९ हजार ४२५ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ लाख ३२ हजार ३८ जना स्वस्थ्योपचार पछि निको भएका छन् भने २ हजार ५७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै क्यानडामा ७ हजार ७७३ जनाको मृत्यु भईसकेको छ भने ९५ हजार ५७ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ५३ हजार ६१४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार ७३८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै मेक्सिकोमा कोरोना भाइरसको महामारीका काराण अहिलेसम्म १३ हजार ५११ जनाको मृत्यु भईसकेको छ भने १ लाख १३ हजार ६१९ जनालाई संक्रमण भएको छ ।
त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै ३४१ जनाको मृत्यु भईसकेको छ भने ३ हजार ५९३ जना नयाँ संक्रमित थपिएका छन् ।
मेक्सिकोमा ८१ हजार ५४४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै चीनमा आज थप ६ जनालाई कोरोना संक्रमण भएको छ । त्यहाँ ४ हजार ६३४ जनाको मृत्यु भएको छ भने ८३ हजार ३६ जनालाई संक्रमण भएको छ । त्यहाँ ७८ हजार ३३२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै पाकिस्तानमा अहिलेसम्म १ हजार ९३५ जनाको मृत्यु भईसकेको छ भने ९३ हजार ९८३ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ३२ हजार ५८१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १११ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै बेल्जियममा अहिलेसम्म ९ हजार ५८० जनाको मृत्यु भईसकेको छ भने ५९ हजार ७२ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १६ हजार १९० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १२१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै नेदरल्याण्ड्समा अहिलेसम्म ६ हजार ११ जनाको मृत्यु भएको छ भने ४७ हजार ३३५ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ९७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
पछिल्लो २४ घण्टायता विश्वमा ४७१ जनाको मृत्यु भएको छ भने ७ हजार ६८५ जना नयाँ संक्रमित थपिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया