काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा व्याप्त छ ।
यो समाचार तयार पार्दासम्म विश्वमा ४ लाख २ हजार ९४ जनाको मृत्यु भईसकेको छ भने ६९ लाख ७४ हजार ७२१ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ३४ लाख ११ हजार २८१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५३ हजार ५८६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच कोरोनाबाट अत्याधिक प्रभावित देश अमेरिकामा १ लाख १२ हजार ९६ जनाको मृत्यु भईसकेको छ भने १९ लाख ८८ हजार ५४४ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ७ लाख ५१ हजार ८९४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १७ हजार २१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
अमेरिकाको न्यूयोर्कमा ३० हजार ४०१ जनाको मृत्यु भईसकेको छ भने ३ लाख ९७ हजार ८१० जनालाई संक्रमण भएको छ ।
त्यस्तै न्युजर्सीमा १२ हजार १४६ जनाको मृत्यु भईसकेको छ भने १ लाख ६५ हजार ६७५ जनालाई संक्रमण भएकोे छ ।
अमेरिकामा शनिवार २२ हजार ८३६ जना संक्रमित थपिएका छन् भने ७०६ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया