कोरोनाको प्रकोप : भारतमा एकैदिन थपिए अहिलेसम्मकै धेरै संक्रमित

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा व्याप्त छ ।

यो समाचार तयार पार्दासम्म विश्वमा ४ लाख २ हजार ९४ जनाको मृत्यु भईसकेको छ भने ६९ लाख ७४ हजार ७२१ जनालाई संक्रमण भ्एको छ ।

त्यस्तै ३४ लाख ११ हजार २८१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५३ हजार ५८६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच भारतमा ६ हजार ९४६ जनाको मृत्यु भईसकेको छ भने २ लाख ४६ हजार ६२२ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख १८ हजार ६९५ जना स्वास्थ्योपचार पछि निको भएका छन् ८ हजार ९४४ जनाको स्वाथ्य अवस्था गक्भीर रहेको छ ।

भारतमा शनिवार मात्रै १० हजार ४३८ जना नयाँ संक्रमित थपिएका छन् भने २९७ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?