काठमाडौं । छिमेकी देश भारतमा यो समाचार तयार पार्दासम्म कोरोनाको कारण ६ हजार ९ सय ३३ जनाको ज्यान गएको छ । बितेको २४ घण्टामा ९ हजार ७ सय ७८ जनामा कोरोना संक्रमण देखिएको र २ सय ४ जनाको कोरोनाको कारण ज्यान गएको छ ।
त्यस्तै हालसम्म २ लाख ४५ हजार सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको अवस्थामा १ लाख १ हजार ३ सय १३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । त्यस्तै ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
यो समाचार तयार पार्दासम्म कोरोनाको कारण विश्वभर ३ लाख ९९ हजार ८ सय ९८ जना मानिसको मृत्यु भइसकेको छ । भने ६९ लाख १३ हजार ३ सय ८५ जना मानिसमा कोरोना संक्रमण देखिएको छ । त्यस्तै विश्वभर स्वास्थ्य लाभ गरी घर फर्कनेको संख्या ३३ लाख ८४ हजार २ सय ६९ जना रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया