काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण विश्वभर ४ लाख ४२ जनाको ज्यान गएको छ । यो समाचार तयार पार्दासम्म विश्वभरका ६९ लाख १७ हजार ३ सय ३७ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै हालसम्म ३३ लाख ८५ हजार २ सय ३५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ५३ हजार ५ सय ९७ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
संयुक्त राज्य अमेरिकामा सबैभन्दा बढी कोरोनाको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १ लाख ११ हजार ६ सय ६ सय २९ पुगेको छ । बितेको २ घण्टामा ८ हजार ९ सय ४४ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या १९ लाख ७४ हजार ६ सय ५२ पुगेको छ । हालसम्म ७ लाख ३९ हजार ४ सय ३५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने बितेको २४ घण्टामा मात्र २ सय ३९ जनाले ज्यान गुमाएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । भने संक्रमितमध्ये १७ हजार १ सय २१ जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै ब्राजिलमा हालसम्म ६ लाख ५० हजार ५ सय ४ जनामा कोरोना संक्रमण देखिएको छ । बितेको २४ घण्टामा ४ हजार ४ सय ९८ जनामा कोरोना संक्रमण देखिएको र ९२ जनाको मृत्यु भएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै हालसम्म ३ लाख २ हजार ८४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । यो समाचार तयार पार्दासम्म ब्राजिलमा ३५ हजार १ सय ३९ जनाको ज्यान गएको छ ।
रसियामा बितेको २४ घण्टामा ८ हजार ८ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ४ लाख ५८ हजार ६ सय ८९ पुगेको छ । यो समाचार तयार पार्दासम्म ५ हजार ७ सय २५ जनाको कोरोनाको कारण ज्यान गएको छ भने बितेको २४ घण्टामा मात्र १ सय ९७ मृतक थपिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । हालसम्म २ लाख २१ हजार ३ सय ८८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको अवस्थामा २ हजार ३ सयको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै स्पेनमा हालसम्म कोरोनाको कारण २७ हजार १ सय ३५ जनाको ज्यान गएको छ । बितेको २४ घण्टामा ३ सय ३२ जना कोरोना संक्रमित थपिएसँगै २ लाख ८८ हजार ३ सय ९० पुगेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा १ जनाको कोरोनाको कारण ज्यान गएको र संक्रमितमध्ये ६ सय १७ जनाको अवस्था गम्भीर रहेको तथ्यांकले देखाएको छ ।
त्यस्तै बेलायतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ४० हजार ४ सय ६५ पुगेको छ । यो समाचार तयार पार्दासम्म २ लाख ८४ हजार ८ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको र बितेको २४ घण्टामा १ हजार ५ सय ५७ कोरोना संक्रमित थपिएका छन् । त्यस्तै संक्रमित मध्ये ६ सय ४ जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै छिमेकी देश भारतमा यो समाचार तयार पार्दासम्म कोरोनाको कारण ६ हजार ९ सय ३३ जनाको ज्यान गएको छ । बितेको २४ घण्टामा ९ हजार ७ सय ७८ जनामा कोरोना संक्रमण देखिएको र २ सय ८४ जनाको कोरोनाको कारण ज्यान गएको छ । त्यस्तै हालसम्म २ लाख ४५ हजार सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको अवस्थामा १ लाख १८ हजार ३ सय १३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । त्यस्तै ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै इटालीमा यो समाचार तयार पार्दासम्म ३३ हजार ८ सय ४६ जनाको ज्यान गएको छ । बितेको २४ घण्टामा मात्र त्यहाँ २ सय ७० जनामा कोरोना संक्रमण देखिएको र ७२ जनाको कोरोनाको कारण ज्यान गएको छ । हालसम्म १ लाख ६५ हजार ७८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको अवस्थामा कुल २ लाख ३४ हजार ८ सय १ जनामा कोरोना संक्रमण देखिएको छ । भने संक्रमितमध्ये २ सय ९३ जना को अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै पेरुमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ५ हजार १ सय ६२ पुगेको छ । यो समाचार तयार पार्दासम्म १ लाख ८७ हजार ४ सय जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म ७९ हजार २ सय १४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १ हजार ४१ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै जर्मनीमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ८ हजार ७ सय ६४ पुगेको छ । बितेको २४ घण्टामा ३७ जनामा कोरोना संक्रमण देखिएको र १ जनाको ज्यान गएको छ । भने हालसम्म १ लाख ८५ हजार ४ सय ५१ जनामा कोरोना संक्रमण देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया