इटालीमा बितेको २४ घण्टामा मात्रै ७२ जनाको मृत्यु

काठमाडौं । इटालीमा यो समाचार तयार पार्दासम्म ३३ हजार ८ सय ४६ जनाको ज्यान गएको छ । बितेको २४ घण्टामा मात्र त्यहाँ २ सय ७० जनामा कोरोना संक्रमण देखिएको र ७२ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

हालसम्म १ लाख ६५ हजार ७८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको अवस्थामा कुल २ लाख ३४ हजार ८ सय १ जनामा कोरोना संक्रमण देखिएको छ । भने संक्रमितमध्ये २ सय ९३ जना को अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

यो समाचार तयार पार्दासम्म कोरोनाको कारण विश्वभर ३ लाख ९९ हजार ८ सय ९८ जना मानिसको मृत्यु भइसकेको छ । भने ६९ लाख १३ हजार ३ सय ८५ जना मानिसमा कोरोना संक्रमण देखिएको छ । त्यस्तै विश्वभर स्वास्थ्य लाभ गरी घर फर्कनेको संख्या ३३ लाख ८४ हजार २ सय ६९ जना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?