स्पेनमा कोरोनाको कारण २७ हजार बढीको मृत्यु

काठमाडौं । स्पेनमा हालसम्म कोरोनाको कारण २७ हजार १ सय ३५ जनाको ज्यान गएको छ । बितेको २४ घण्टामा ३ सय ३२ जना कोरोना संक्रमित थपिएसँगै २ लाख ८८ हजार ३ सय ९० पुगेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा १ जनाको कोरोनाको कारण ज्यान गएको र संक्रमितमध्ये ६ सय १७ जनाको अवस्था गम्भीर रहेको तथ्यांकले देखाएको छ ।

यो समाचार तयार पार्दासम्म कोरोनाको कारण विश्वभर ३ लाख ९९ हजार ८ सय ९८ जना मानिसको मृत्यु भइसकेको छ । भने ६९ लाख १३ हजार ३ सय ८५ जना मानिसमा कोरोना संक्रमण देखिएको छ । त्यस्तै विश्वभर स्वास्थ्य लाभ गरी घर फर्कनेको संख्या ३३ लाख ८४ हजार २ सय ६९ जना रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?