कोरोनाबाट सबै भन्दा धेरै प्रभावित अमेरिकामा १ लाख ११ हजार बढीको गयो ज्यान

काठमाडौं । संयुक्त राज्य अमेरिकामा सबैभन्दा बढी कोरोनाको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १ लाख ११ हजार ६ सय ६ सय २९ पुगेको छ ।

बितेको २ घण्टामा ८ हजार ९ सय ४४ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या १९ लाख ७४ हजार ६ सय ५२ पुगेको छ । हालसम्म ७ लाख ३९ हजार ४ सय ३५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने बितेको २४ घण्टामा मात्र २ सय ३९ जनाले ज्यान गुमाएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । भने संक्रमितमध्ये १७ हजार १ सय २१ जनाको अवस्था गम्भीर रहेको छ ।

यो समाचार तयार पार्दासम्म कोरोनाको कारण विश्वभर ३ लाख ९९ हजार ८ सय ९८ जना मानिसको मृत्यु भइसकेको छ । भने ६९ लाख १३ हजार ३ सय ८५ जना मानिसमा कोरोना संक्रमण देखिएको छ । त्यस्तै विश्वभर स्वास्थ्य लाभ गरी घर फर्कनेको संख्या ३३ लाख ८४ हजार २ सय ६९ जना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?