ईडीभीको नतिजा सार्वजनिक, कसरी हेर्ने ?

काठमाडौं । ईडीभीको नतिजा सार्वजनिक भएको छ । शनिवार राति ९ बजेर ४५ मिनेट जाँदा नतिजा सार्वजनिक भएको हो ।

हरेक वर्ष न्युन आय भएका देशबाट झन्डै ५० हजार जनतालाई अमेरिकाले इडिभी कार्यक्रमअन्तर्गत आफ्नो देशमा वैध प्रवेश तथा बसोबासको अनुमति दिन्छ ।

यसअघि विगत वर्षहरुमा अक्टुबर २ देखि नोभेम्बर ५ सम्म भरिने डिभी चिट्ठाको नतिजा मेइ ५ मा सार्वजनिक हुने गरेको थियो । यसपटक पनि अक्टुबर २ देखि नोभेम्बर ५ कै अवधिमा मानिसहरुले डिभी भरेका थिए । तर कोभिड–१९ का कारण नतिजा सार्वजनिक गर्न भने केही समय ढिलाई भयो ।

https://dvprogram.state.gov मा आफ्नो कन्फर्मेशन नम्बर हालेर ईडीभीको नतिजा हेर्न सकिन्छ ।

यो पनि

इडीभीको नतिजा आज सार्वजनिक हुँदै, यसरी हेर्न सकिने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?