काठमाडौं । पाकिस्तानी सेनाले शनिवार भारतीय जासुसी क्वाडकोप्टरलाई खसालेको दाबी गरेको छ ।
पाकिस्तानले कथित रुपमा नियन्त्रण रेखा पार गरेको भन्दै जहाँज खसालेको बताएको हो । पाकिस्तानका सैन्य प्रवक्ताका अनुसार मिनी कोप्टरले देशको हवाई क्षेत्रको उल्लंघन गरेको थियो ।
उनले भने, ‘क्वाडकोप्टरले एलओसीमा पाकिस्तानतिर ५ सय मीटर सीमा पार गर्ने कोशिस गरेपछि हवाई क्षेत्रको उल्लंघन भएको र जहाँज खसालेको हो ।’
आठ क्वाडकोप्टर खसालेको दाबी
पाकिस्तानका सैन्य प्रवक्ताका अनुसार यस वर्ष पाकिस्तानी सेनाले ८ वटा भारतीय क्वाडकोप्टर खसालेको छ ।
गएको महिनामा पनि यस प्रकारका दुई क्वाडकोप्टरलाई धराशायी बनाएको थियो । पहिलो क्वाडकोप्टर २७ मे र दोश्रो २९ मेमा खसालेको थियो ।
यी सबैले सीमा क्षेत्र उल्लंघन गरेका थिए । साथै भारतले भने पाकिस्तानका सबै दाबी खारेज गरेको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया