कोरोना परीक्षण नगरी अस्पतालबाट डिस्चार्ज गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं । कोरोना संक्रमितहरुलाई अन्तिममा कोरोना परीक्षण नगरी अस्पतालबाट डिस्चार्ज गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयको स्वास्थ्य आपतकालिन तथा विपद् व्यवस्थापन इकाईले एक सूचना जारी गर्दै देशभरका कोरोना उपचार गर्ने अस्पताललाई त्यस्तो निर्देशन दिएको हो ।

कोरोना संक्रमणको लक्षण देखिन छोडेको तीन ३ दिनभित्र र लक्षण नभएकालाई भर्ना भएको १४ दिनभित्र परीक्षण नगरी डिस्जार्च गर्न मन्त्रालयले निर्देशन दिँदै पत्राचार गरेको छ ।

मन्त्रालयको स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन इकाई, स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका प्रमुख डा गुणराज लोहनीले सबै कोभिड अस्पताललाई जेठ २० गते जारी गर्दै भनेका छन्, “नेशनल टेस्टिङ गाइनलाइड फर कोभिड(१९’ अनुसार पोजेटिभ केसलाई लक्षण देखिन छोडेको ३ दिन र जम्मा १४ दिनको भर्नालाई आइसेलेन पछि टेस्ट नगरी डिस्चार्ज गर्न गराउन जानकारी गरिन्छ ।”

तर यसअघि कोरोना संक्रमितहरुलाई पीसीआर रिपोर्ट नेगेटिभ आएपछि मात्र डिस्चार्ज हुँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?