भरतपुर अस्पतालमा मृत्यु भएका युवकको पीसीआर रिपोर्ट आयो

भरतपुर । भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएका माडीका युवाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार माडी नगरपालिका वडा नं ६ का २७ वर्षीय युवाको नतिजा नेगेटिभ आएको हो ।

माडीको क्वारेन्टाइनमा रहेको समयमा ज्वरो आएसँगै उनलाई शुक्रवार भरतपुर अस्पतालमा ल्याइएको थियो । अस्पतालमा उपचारका क्रममा उनको आज बिहान मृत्यु भएको हो । मृत्यु भएपछि कोरोना परीक्षणका लागि स्वाब भरतपुर कोभिड– १९ प्रयोगशाला पठाइएको थियो ।

गत जेठ १३ गते भारतबाट उपचार गरि फर्किएका उनी नगरपालिकाको दीवाकर स्मृति विद्यालयको क्वारेन्टाइनमा रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?