सुर्खेत । दैलेखको डुंगेश्वर गाउँपालिकामा भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरूको कोरोना परीक्षण पीसीआर रिपोर्ट नआएपछि आरडीटी परीक्षण गरि घर पठाउनुपर्ने बाध्यता आइपरेको छ ।
गाउँपालिकामा भारतबाट आएका ४८५ जनाको स्वाव संकलन गरेर जेठ १९ गते प्रदेश अस्पतालमा रहेको पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा पीसीआर जाँचका लागि ल्याएको थियो । भारतबाट आइ क्वारेन्टाईनमा बसेको १४ औं दिन पुगेकाहरुको स्वाव संकलन गरि सुर्खेत पठाएको सात दिन पुग्नै लाग्दा पनि उनीहरुको स्वाव जाँच नभएकाले गाउँपालिकाले यस्तो बाध्यता खेपेको हो । गाउँपालिका अध्यक्ष नगेन्द्र मल्लले आरडिटी परिक्षण गर्दै घर पठाउनुको विकल्प नभएको बताए ।
पीसीआर जाँचको रिर्पोट समयमै नआएका कारण दैनिक रुपमा पालिकाले दुइ लाख रुपैयाँ क्वारेन्टाईनमा बसेकाहरुलाई खाना खुवाउनमै खर्च भइरहेको बताउँदै अध्यक्ष मल्लले पीसीआर नतिजा समयमै आइदिएको खण्डमा पुरानालाई विदाइ गर्न र नयाँलाई त्यहि क्वारेन्टाईनमा राख्न सहज हुने बताए ।
उनले पचास लाखको विपद व्यवस्थापन कोष बनाएको जसमा प्रदेश सरकारले पन्ध्र लाख रुपैयाँ दिएको बताए । ुक्वारेन्टाईन व्यवस्थापन र खाना खुवाउनै त्यो पैसा सकिइसकेको छ । अब थप हामीलाई एक करोड रुपैंया आवश्यक देखिएको छ । त्यत्रो पैसा कहाँबाट ल्याउने समस्या भइरहेको छ ।’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया