काठमाडौं । अमेरिका र चीनमा कोरोना भाइरसको संक्रमणलाई लिएर पहिल्यैबाट तनाव जारी छ ।
यसैबीच दक्षिण चीन सीमाको ताइवान खाडी हुँदै शुक्रवार अमेरिकी युद्धपोत गएपछि चीन ससंकीत बनेको छ ।
चीन पहिला देखि नै ताइवानलाई आफ्नो भूमी बताउँदै आएको छ । तर ताइवानले भने आफूलाई स्वतन्त्र राष्ट्र घोषणा गरेको छ ।
चीन र अमेरिकामा बढ्न सक्छ तनाव
चीनको सरकारले पहिला देखि नै ताइवानलाई मिलिरहेको अमेरिकाको सहयोगबाट रिसाईरहेको छ ।
यस्तो स्थितीमा ताइवानको खाडीबाट अमेरिकी युद्धपोत जानुले चीन थप ससंकीत बनेको छ ।
ताइवानको रक्षा मन्त्रालयका अनुसार शुक्रवार अमेरिकी युद्धपोत ताइवान साउथ चाइनाबाट नियमित गस्तीको लागि आएको थियो ।
मन्त्रालयका अनुसार ताइवानको शसस्त्र बलले जहाँजलाई सुरक्षा प्रदान गरेको थियो । उक्त जहाँजको नाम Arleigh Burke-Class Destroyer यूएसएस रसेल रहेको छ ।
चीनले अमेरिकालाई दिएको थियो कडा चेतावनी
केहि समय अगाडि मात्र ताइवानी राष्ट्रपति त्साई इंग वेनको जीतलाई लिएर अमेरिकाले बधाई दिएको थियो जसमा चीनले अमरिकामाथि आपत्ति जनाएको थियो ।
विदेश मन्त्री माइक पोम्पियोले उनलाई बधाई दिएका थिए ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया