काठमाडौं । कोरोना भाइरविरुद्धको औषधि कहिले बन्छ भन्ने कुरा धेरैको चासोको विषय हो ।
विश्वका विभिन्न देशहरु कोरोना भाइरस विरुद्धको भ्याक्सीन बनाउन लागि परिरहेका छन् ।
वैज्ञानिकहरु पनि कोरोना भाइरसविरुद्धको भ्याक्सीन निर्माण गर्न अहोरात्र खटिरहेका छन् ।
केहि देशहरु यसविरुद्धको औाधिको दोश्रो परीक्षणमा पुगिसकेका छन् तर पूर्ण सफलता भने कुनै पनि औषधिले अहिलेसम्म पाएको छैन ।
यसैबीच भारतमा पनि कोरोना भाइरसविरुद्धको भ्याक्सीन उत्पादनको तयारी हुँदैछ । चेन्नई पुणेस्थित सिरम इन्स्टिच्युट अफ इण्डिया (एसआईआई) को ल्याबमा कोरोना भाइरसविरुद्धको औषधि उत्पादन गर्ने तयारी भईरहेको हो ।
ब्रिटिश–स्विडिस फर्मा कम्पनी एस्ट्राजेनेकाले भ्यक्सीन को उत्पादन र आपूर्तिका लागि भारतसँग सहकार्य गर्ने घोषणा गरिसकेको छ भने सोही घोषणा अनुसार एसआईआईसँग सम्झौता हुने भएको छ ।
अक्सफोर्ड विश्वविद्यालयले आफ्नो नयाँ सम्भावित भ्याक्सीनको आपूर्ति जिम्मा लगाएको कम्पनी एस्ट्राजेनेका नै हो ।
एस्ट्राजेनेका र एसआईआई मिलेर १ अर्ब अर्थात् १ सय करोड औषधि बनाउने तयारी गरिरहेका छन् ।
यसै वर्षको अन्तिमसम्म ४० करोड भ्याक्सीन आपूर्ति गर्ने लक्ष्य राखिएको छ । पुणेमा बन्ने भनिएको कोरोना भाइरसविरुद्धको औषधि भारतसहित कम आय भएका देशका लागि आपूर्ति हुने बताइएको छ ।
अक्सफोर्ड विश्वविद्यालय अहिलेसम्म कोरोना भाइरसविरुद्धको भ्याक्सीन बनाउने दौडमा सबैभन्दा अगाडि रहेको छ ।
अक्सफोर्ड भ्याक्सीनको दोस्रो चरणको ट्रायलमा पुगिसकेको छ । दोश्रो चरणमा अक्सफोर्डले १ हजार जनालाई सहभागी गराउने बताईसकेको छ ।
एसआईआईको ल्याबमा तत्काल १ सय ६५ वटा देशहरुका लागि दुई प्रकारबाट भ्याक्सीन निर्माण गरिनेछ । एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया