बलिउडलाई फेरी अर्को झड्का, निर्माता अनिल सुरीको कोरोनाबाट निधन

काठमाडौं । पछिल्लो केहि दिन यता बलिउडलाई एकपछि अर्को झड्का लागिरहेको छ ।

बलिउडमा फिल्म इण्डस्ट्रीमा यो छोटो समयमाइरफान खान, ऋषि कपूर, योगेश, वासु चटर्जी सहित केहि कलाकारको निधन भएको छ ।

फेरी फिल्म निर्माता अनिल सुरीको कोरोना भाइरसका कारण निधन भएको छ । उनको कोरोना भाइरसको संक्रमणबाट ४ जुनमा मृृत्यु भएको थियो ।

७७ वर्षका उनले कर्मयोगी र राजतिलक जस्ता मल्टीस्टारर फिल्म बनाएका थिए । उनका भाई फिल्म निर्माता राजीव सुरीका अनुसार २ जुनमा उनलाई सुक्खा खोकी लागेको थियो ।

साथै श्वासप्रश्वासमा समस्या देखिएपछि लीलावती र हिन्दुजा अस्पतालमा भर्ना गरिएको थियो । त्यसपछि उनको रिपोर्ट टेस्ट गर्दा ३ जुनमा रिपोर्ट पोजेटिभ आएको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?