पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्ध मानहानीको केस दर्ता

काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई मानहानी गरेको आरोपमा पाकिस्तानी अदालतले नोटिस पठाएको छ ।

कोर्टमा पाकिस्तान तहरीक ए इन्साफका अध्यक्ष शाहबाज शरीफले प्रधानमन्त्री इमरान खानविरुद्ध मानहानीको मुद्दा दर्ता गराएका छन् ।

इमरान खानले सन् २०१७ अप्रिलमा शाहबाजलाई ६१ मिलियन डलर दिने बताएका थिए ।

त्यसको सट्टा शाहबाजले नवाज शरीफको नाम सुप्रीम कोर्टको पनामा पेपर्स मामिलाबाट हटाउनु पर्ने थियो ।

पाकिस्तान मुस्लिम लीग नवाजका अध्यक्ष तथा पूर्व पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफ अहिले लण्डनमा उपचाररत छन् ।

सन् २०१७ मा सुप्रीम कोर्टले उनलाई पनामा पेपर्स मामिलामा आरोपी ठहर्याएको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?