काठमाडौं । इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (इडीभी) को नतिजा आज राती ९ बजेर ४५ मिनेट जाँदा सार्वजनिक हुने भएको छ । नेपालस्थित अमेरिकी दूतावासले ट्वीटरमार्फत यस्तो जानकारी सार्वजनिक गरेको हो ।
हरेक वर्ष न्युन आय भएका देशबाट झन्डै ५० हजार जनतालाई अमेरिकाले इडिभी कार्यक्रमअन्तर्गत आफ्नो देशमा वैध प्रवेश तथा बसोबासको अनुमति दिन्छ ।
यसअघि विगत वर्षहरुमा अक्टुबर २ देखि नोभेम्बर ५ सम्म भरिने डिभी चिट्ठाको नतिजा मेइ ५ मा सार्वजनिक हुने गरेको थियो । यसपटक पनि अक्टुबर २ देखि नोभेम्बर ५ कै अवधिमा मानिसहरुले डिभी भरेका थिए । तर कोभीड–१९ का कारण नतिजा सार्वजनिक गर्न भने केही समय ढिलाई भयो ।
(https://www.dvlottery.state.gov/ )मा आफ्नो कन्फर्मेशन नम्बर हालेर इडिभीको नतिजा हेर्न सकिन्छ ।
यदि तपाइको कन्फर्मेशन नम्बर बिर्सनुभएको छ भने पनि :https://www.facebook.com/nepal.usembassy/photos/a.109610579076010/2936186089751764/?type=3&theater मा क्लिक गरी मागेको विवरण दिएर नतिजा हेर्न मिल्ने दूतावासले जानकारी दिएको छ। ‘दूतावासले भनेको छ, ‘डीभीबारे फोन वा इमेलबाट गरिने सबै किसिमका सोधपुछ ग्राहक सेवा केन्द्रमा गर्नुपर्नेछ।’
अमेरिकामा रहेका नेपालीले ९७०३०९८८९३४२८ मा सम्पर्क गरी सोधपुछ गर्न सक्ने दूतावासको सूचनामा उल्लेख छ। दूतावासले डीभी परेको जानकारीबारे कुनै इमेल नपठाउने तथा भिसा अन्तर्वाताका लागि अग्रिम शुल्क बुझाउन पनि इमेल, चिट्ठी या अन्य अनुरोध नपठाउने दूतावासले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया