संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा सीट सुरक्षित गर्न भारतले थाल्यो अभियान

काठमाडौं । भारतले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा (यूएनएससी) आफ्नो सीट सुरक्षित गर्न शुक्रवारदेखि अभियान थालेको छ । विश्वको वातावरणमा महत्वपूर्ण भूमिका खेल्न सक्ने दाबी गर्दै भारतले सो अभियान शुरु गरेको हो ।

सुरक्षा परिषदको पाँच अस्थायी सीटको लागि १७ जुनमा चुनाव हुँदैछ । यदि भारत निर्वाचित भयो भने, यो उसको आठौँ कार्यकाल हुनेछ, जुन २०२१ जनवरीदेखि दुई वर्षको लागि शुरू हुनेछ।

सुरक्षा परिषदको अस्थाई सदस्यको रुपमा भारत बिगत १० बर्षदेखि निर्वाचित हुँदै आईरहेको छ । भारतीय विदेश मन्त्री जयशंकरका अनुसार भारत यसपाली निर्बाचित भए तल उल्लेखित विभिन्न चार वैश्विक समस्याको समाधानको लागि प्रयत्न गर्ने छ ।

पहिलो: बढ्दो तनाव बहन गर्न अन्तर्राष्ट्रिय शासनको सामान्य प्रक्रियालाई बढी दबाबको सामना गर्न सक्षम बनाउने ।

दोस्रो: परम्परागत र गैर(परम्परागत सुरक्षा चुनौतीहरू अनियन्त्रित रूपमा बढ्दैछन्। आतंकवाद त्यस्ता समस्याहरूको ठूलो उदाहरण हो । त्यसको निराकरण गर्ने ।

तेस्रो: वैश्विक संस्थाहरूलाई थप सक्षम बनाउने ।

चौथो: कोरोनाभाइरस महामारी र यसले निम्त्याउने आर्थिक क्षतिको भरपाई गर्ने ।

जयशंकरले यस असाधारण अवस्थामा भारतले सकारात्मक विश्वव्यापी भूमिका खेल्न सक्ने बताएका छन् । सम्मान, सम्वाद, वार्तालाप, सहयोग र शान्तिले समृद्धि आउने प्रधानमन्त्री नरेन्द्र मोदीको दर्शन अनुसार भारतले कार्य गर्ने उनले जनाएका छन् ।

सुरक्षा परिषदमा यस अवधिमा भारतको समग्र उद्देश्य एनओआरएमएस (एउटा सुधारिएको बहुपक्षीय प्रणालीका लागि नयाँ ओरिएन्टेशन) हुने पनि उनले प्रस्ट पारेका छन् ।

भारतले विश्वव्यापी विकास, जलवायु परिवर्तन र गरीबी उन्मूलनमा पनि भूमिका निर्वाह गर्ने पनि उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?