काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट डोल्पामा एक जनाको मृत्यु भएको छ ।
जगदुल्ला गाँउपालिका ३ का ५८ वर्षीय पुरुषको जेठ २० गते मृत्यु भएको पुष्टि भएको हो । उनको मृत्युपश्चाद् स्वाब संकलन गरेरकर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पीसीआर परीक्षण गर्दा रिपोट पोजेटिभ पाइएको हो ।
जेठ १८ गते नेपालगञ्ज,सुर्खेत,जुम्ला हुँदै डोल्पा पुगेका उनको आरडिटी परीक्षण रिपोर्ट नेगेटिभ आएपछि होम क्वारेन्टाइनमा पठाइएको थियो । तर मृत्यु पछि गरिएको आरडीटी परीक्षणमा भने उनको रिपोर्ट पोजेटिभ पाइएको छ ।
उनी लामो समयदेखि दमको रोगले पीडित भएको श्रोतले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया