धनुषामा करेन्ट लागेर एकको मृत्यु

जनकपुर । धनुषामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

शनिबार धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ५ स्थित ललिया पूर्वारी टोलका ५० बर्षिय चन्देश्वर साहको मृत्यु भएको हो । खेतमा पानी लगाउन मोटर चलाउने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरीक्षक सुमन थापाले जानकारी दिए ।

मिथिला बिहारी नगरपालिका वडा नम्बर ५ का अध्यक्ष बिनोद मण्डलले विद्युत प्राधिकरणको लापरबाहीका कारण साहको मृत्यु भएको आरोप लगाए ।

शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा ल्याइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?