काठमाडौं । पूर्वी लद्दाखमा महिनादिन यता जारी रहेको चीन-भारत सीमा विवादको समस्या समाधान गर्नको लागि चीन र भारतबीच शनिवार लेफ्टिनेन्ट जनरल स्तरीय छलफल हुँदैछ ।
सबैको ध्यान छलफलमा के हुन्छ भन्ने बारेमा केन्द्रित रहेको छ । भारतीय प्रतिनिधि मण्डलको नेतृत्व लेफ्टिनेन्ट जनरल हरिन्दर सिंहले गर्दैछन् ।
सिंह लेह स्थित १४ औँ कोरको जनरल अफिसर कमान्डिंग हुन् । साथै चिनियाँ पक्षको नेतृत्व तिब्बत सैन्य जिल्ला कमाण्डरले गर्ने भएका छन् ।
यो छलफल पूर्वी लद्दाखको चुशुल सेक्टरमा हुनेछ । भारतीइ सञ्चारमाध्यमका अनुसार छलफल कुनै ठोस नतिजामा नपुग्ने आँकलन गरिएको छ ।
किनभने चीनले यसलाई महत्वपूर्ण नमान्ने भारतको आँकलन छ ।
दुबै पक्षको बीचमा पहिले पनि स्थानीय कमाण्डरकोबीचमा १२ पटक र मेजर जनरल स्तरीयमा तीन पटक कुराकानी भईसकेको छ ।
त्यसैले पनि भारतले यस छलफलबाट कुनै निस्कर्ष ननिस्कने आँकलन गरेको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया